सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ

सहयात्रा टिभी

काठमाडौँ । भदौ ७, आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १४ हजार ३ सय रुपैयाँ बढेको छ । गत आइतबार सुनको भाउ ३ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ९८५ रुपैयाँ तोकेको चाँदीको भाउ आज ४ हजार ९७५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदी ४ हजार ७१० रुपैयाँ थियो ।

प्रकाशित : 23 August, 2026

प्रतिक्रिया दिनुहोस्