हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिए

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन् ।

चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्र्यांक (ठट्टा) लाई लिएर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणीसमेत गरेका छन् । चलचित्रको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई उनले आपराधिक कामको संज्ञा दिएका छन् ।

आफूहरू सरकारमा पुगेको अवस्थामा गौरी मल्ललाई जेल हाल्ने र जेलमै श्रमदानका क्रममा ढुंगा बोकाउने सामपाङको भनाइ छ ।

साम्पाङले अंग्रेजीमा लेखेको स्टाटसमा भनेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन् । उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्याङ्क गरिन् । यो आपराधिक कार्य हो । हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ ।’

शनिबार चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ल लगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो ।

प्रकाशित : 15 November, 2026

प्रतिक्रिया दिनुहोस्