कस्तो रहला आजको मौसम ?
सहयात्रा टिभी
काठमाडौं । मङ्सिर २, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
