चितवन राइनोजले काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ

सहयात्रा टिभी

काठमाडौं । मंसिर २, चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ।

चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डुको नेतृत्वको नियमित कप्तान करण केसीले नै गर्दैछन्।

आजको खेलमा चितवनले दुई परिवर्तन गरेको छ । सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा आएका छन् ।

काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट आएका छन् ।

आजको खेल हार्ने टिमको एनपीएल सिजन ३ को यात्रामा ब्रेक लाग्नेछ। जित्ने टोली फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धामा गर्नेछ।

काठमाण्डुले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो ।

जारी प्रतियोगितामा चितवन र काठमाण्डू दोस्रोपदक भिड्दै छन् । लिग चरणमा काठमाण्डूले १० रनको जित निकालेको थियो । चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ।

प्रकाशित : 18 November, 2026

प्रतिक्रिया दिनुहोस्