आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी भएको भन्दै रिट निवेदन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो ।

साथै, पटक–पटक खबरदारी पनि गर्दै आएको थियो । तर, यसैबीचमा उनी लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालेकी थिइन् ।

यसै सन्दर्भमा उक्त नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

प्रकाशित : 24 November, 2026

प्रतिक्रिया दिनुहोस्