सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढ्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर ८, मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो ।

आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोडको भयो ।
१६५ कम्पनीको मूल्य बढ्यो भने १११ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ समूहले नै आज बजार वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह नै सबैभन्दा धेरै १.२४ प्रतिशत बढ्यो । कारोबारी तथा लगानीकर्ता यो समूहमा आकर्षित हुँदा समग्र सूचक उल्लेख्य बढ्न पुग्यो ।
