आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बादल, हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १३, हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू(भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

प्रकाशित : 29 November, 2026

प्रतिक्रिया दिनुहोस्