कांग्रेस नेता महतलाई लक्षित गरी बम विष्फोट

सहयात्रा टिभी

नुवाकोट। पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी शुक्रबार नुवाकोटमा बम विष्फोट भएको छ ।  नुवाकोटको ककनी–५, काउलेथामा बम महतलाई लक्षित गरेर बम विष्फोट गराइएको हो ।

ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका उम्मे्दवार हुन् ।

बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको छ । घटनामा चार जना घाइते भएका छन् । घाइते हुने कांग्रेस कार्यकर्ताहरुमा उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर छन् ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्