वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको अर्थमन्त्री महतको प्रष्ट्याई

सहयात्रा टिभी

काठमाडौं । असार २६, अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको अर्थमन्त्री महतको प्रष्ट्याई व्यक्त गरेको जनाएका छन् ।

वित्तीय संस्थाले सुविधा मात्र नखोजी जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र स्वनियमनमा बस्न सके अर्थतन्त्र समेत स्वस्थ प्रतिस्पर्धाको बाटोमा जाने उनको भनाइ छ ।

मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्वाद कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो हितका लागि मात्र संघसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर संघसंस्था लाग्यो भने यसले सकरात्मक नतिजा दिन्छ ।’

वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउनु पर्नेमा मन्त्री डा। महतको जोड थियो । उनले भने, ‘ब्याजदर लगायत अन्य विषयमा मिलोमतोमा निर्धारण हुन थाल्यो भने ढिलोचाँडो त्यसले समस्या सिर्जना गर्छ । वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी छ ।’

 

प्रकाशित : 11 July, 2023

प्रतिक्रिया दिनुहोस्