मुगाबेविरुद्ध महाअभियोग

सहयात्रा टिभी

जिम्बाबे । जिम्बाबेका राष्ट्रपति रोवर्ट मुगाबेविरुद्ध महाअभियोगको प्रस्ताव अघि सारिएको छ । जिम्बावेको सत्तारुढ दल ‘जानुपीएफ’ ले उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव अघि सारेको हो ।

आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लंघन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको जनाइएको छ ।

उनलाई आफ्नै राजनीतिक दलले राजीनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव संसदमा पेश गर्ने तयारी गरिएको बताइएको छ । सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर, सो समय सकिइसके पनि उनले राजीनामा नदिने अडान लिएका छन् ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्