उपचारको बहानामा महिलामाथि यौन शोषण : स्वघोषित अवतारी लामा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । धर्म र धार्मिक परम्परा हिन्दु परम्परा अनुसार पवित्र मानिन्छ । तर समाजमा त्यस्ता पनि व्यक्तिहरु छन् जसले धर्मका नाममा अनैतिक क्रृयाकलाप बषौै देखि चलाउदै आईरहेका छन् भन्दा अपत्यार लाग्न सक्छ । हो धर्मको नाममा उपचार पद्धति भनेर युवतीमाथि वर्षौंदेखि भएको यौन शोषण, बलात्कार, यौन दुर्व्यवहार र त्यसलाई ढाकछोप गर्न सामाजिक सञ्जाललाई हतियार बनाउने आरोपित कोही नभएर, आफूलाई अवतारी लामा बताउने एक व्यक्तिले युवतीहरुलाई आफ्नो वशमा पारेर यौन शोषण गर्दै आएको खुलेको छ ।

केही महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परिवारसहित आएकी एक अविवाहित युवतीको दुर्दान्त कथा सुनेर ब्युरोका अनुसन्धान अधिकारीहरू चकित परे । ती युवतीको कथा सुनेपछि अनुसन्धानमा जुटेको प्रहरीले स्वघोषित अवतारी लामा दाबी गर्ने व्यक्तिले धर्मको आवरणमा कैयन् युवतीमाथि यौन शोषण र हिंसा गरिरहेको निष्कर्ष निकाल्दै बुधबार पक्राउ गरेको छ ।
सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामालाई ब्युरोले मंगलबार उनकै गुम्बा पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो । हालै धार्मिक आवरणमा महिलामाथि जबर्जस्ती यौन सम्पर्क राख्ने र आफूलाई धर्मगुरु बताउने लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनी गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) नामले चिनिन्छन् ।सिन्धुली कुशेश्वरका रिम्पोछे लामा १० वर्षदेखि दक्षिणकाली चाल्नाखेलमा गुम्बा सञ्चालन गरेर बस्दै आएको जानकारी सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले दिए । गुम्बामा महिला उपचारका लागि जाने गर्थे । लामाले आफू जुनसुकै रोक निको पार्न सक्ने दैवीशक्ति प्राप्त गरेर अवतारी लामा भन्दै महिलालाई भ्रममा पारेर निर्वस्त्र गराई यौन सम्पर्क गर्दै आएको प्रहरीले जनाएको छ ।

लामाले महिलालाई यौनसम्पर्क गरेपछि कसैलाई भनेमा ठूलो क्षति हुने र पुनः रोग बल्झिने भन्दै कसैलाई नभन्न दबाब दिँदै आएका थिए । रोग निको हुन आफूसँगै यौनसम्पर्क गर्नुपर्ने भन्दै लामाले धेरै महिलालाई पटक-पटक दबाब दिँदै आएको प्रहरी दाबी छ । लामाले आफू तेत्तीस कोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने र महिलालाई अन्य पुरुषसँग विवाह गरेमा पनि मृत्यु हुने भन्दै बारम्बार यौन शोषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’

कार्कीका अनुसार पीडित एक महिलाको अनुमतिबिना फेसबुकमा अश्लील फोटो राखेका कारण उनीमाथि साइबर अपराधमा समेत अनुसन्धान हुनेछ ।

पक्राउ व्यक्तिको विवरण
नामः गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) टुल्कु लामा
उमेर : ५६ वर्ष
ठेगाना : सिन्धुली कुसेश्वर दुम्जा ९
पेशा : रिम्पोछे (गुरु)
गुम्बाको नाम : पेमा टासी छुल्ठिम घोम्बो कासुङ
गुम्बाको ठेगाना : काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल,वोशन

गुम्वामा आवासीय रुपमा बसोवास गर्दै आएका महिलाहरु कोही वयस्क उमेरका अविवाहित महिला र केही अविवाहित युवती थिए । जसमध्ये धेरैजसो भने उपचारका लागि भन्दै गुम्बामा आवासीय रूपमा बसेका थिए । ६० उमेर कटेकी एक अविवाहित महिलाले भने पछिल्ला सात वर्षयता गुम्बामा लामाको सेवा गरेर बसिरहेको बताएकी थिइन् । अर्की एक महिला भने झन्डै १८ वर्षकी छोरीसहित गुम्बामा दुई वर्षदेखि बसिरहेको भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित : 24 November, 2017

प्रतिक्रिया दिनुहोस्