जापानी आकाशमा उत्तर कोरियाको मिसाइल

सहयात्रा टिभी

काठमाण्डौ । लगातार परमाणु मिसाइल परीक्षण गरिरहेको उत्तर कोरियाले बुधबार पनि एउटा मिसाइल जापानको आकाशमा प्रहार गरेको छ ।

उत्तर कोरियाले लामो दूरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको हो । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्याङ्कन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार किलोमिटरको दूरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो । अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रिया दिएका छन् ।

यस परीक्षण् लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै स्थिति सम्हाल्ने बताए । ट्रम्पले भने–‘सायद तपाईंले सुन्नु भएको होला र केहीले रिपोर्ट पनि दिएका छन्, केही समयअघि उत्तर कोरियाबाट मिसाइल हानिएको छ । हामी केबल यत्ति मात्रै भन्न चाहन्छौं कि हामी यसको ध्यान राख्ने छौं । मेरो साथमा रक्षामन्त्री मेटिस पनि हुनुहुन्थ्यो । यसबारे हाम्रो लामो कुराकानी भयो । यो एक यस्तो स्थिति

यसैबीच जापानले पनि उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणप्रति तिखो प्रतिक्रिया दिएको छ । यस परीक्षणपछि प्रधानमन्त्री शिन्जो आबेले मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाएका छन् । जापानी सरकारका प्रवक्ता योशीहिडे सुगाले भने–‘उत्तर कोरियाको पश्चिम तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ र यो हाम्रो विश्व आर्थिक क्षेत्रमा खसेको छ । यसको हामी जोडदार विरोध गर्दछौं ।’ हाल उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । जसमा उसको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि शामेल छ । यस परीक्षणसँगै उत्तर कोरियाले आफ्ना छिमेकी देश र अमेरिकासँग पनि तनाव बढाइरहेको छ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्