विप्लवलाई वर्षमानको आग्रह-हतियार किन उठाउनु भो, आउनुस् छलफल गरौं

सहयात्रा टिभी

काठमाण्डौं । पूर्व अर्थमन्त्री वर्षमान तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द (विप्लव) को नेकपमा माओवादीले गलत समयमा हतियार उठाएको बताएका छन् ।

दाङमा प्रेस सेन्टरले बुधबार विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले विप्लवले हतियार उठाउनुको कारण नजानेको बताउँदै हतियार उठाउनु पर्ने कारणका बारे छलफल गर्न आउन आग्रह गरे । पुनले चन्दलाई हिजो सँगै हतियार उठाएका मित्रले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गरे । ‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद्, साम्यवाद्सम्म पुग्न सकिने ठाउँ छ’–उनले भने– ‘त्यसैले बम बिष्फोटलाई पैसा असुल्ने स्वार्थमा प्रयोग गर्नेतर्फ सजग हुनुप¥यो ।

हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याई दिने खतरा हुन्छ ।’ नाफा घाटाका लागि प्रयोग गरिने हतियार गलत तरिकाले प्रयोग हुने उनले बताए । अहिले कसकाविरुद्ध हतियार चलाउने भन्ने स्पष्ट नभएको उनले बताए । ‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ ।

उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भइरहेका छन्’–पुनले भने–‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिष्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।’ उनले विष्फोट गराउने पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार तयार हुनुपर्ने बताए ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्