केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैगुनी हो ! कुलमानको आँशुले सराप्ला !!

सहयात्रा टिभी

काठमाडौं । आजको ताजा विषय यही हो, कुलमान रोए । सबैलाइ उज्यालो दिएर हँसाउने कुलमान आफू चाहिं किन रोए त ? नेपाल बिद्यूत प्राधिकरणले मंगलवार गरेको पत्रकार सम्मेलनमा निकै भावुक हुँदै प्राधिकरणका प्रमुख घिसिङले आफूले राम्रो काम गर्न खोज्दाखोज्दै पनि चरित्र हत्या गर्न खोजिएको दुःख व्यक्त गरे । गुनासो व्यक्त गरिरहँदा कतिबेला आँखाको डिल आँशुले नाघ्यो, स्वयं घिसिङलाइ पनि पत्तो भएन । हुन त उज्यालो छर्न खोज्नेले आफू जल्नै पर्छ । मोमबत्ती आफू नजली उज्यालो छर्न सक्दैन । यो कुरा कुलमानले नबुझेका होइनन तर हुँदै नभएको आरोप लगाएर योजनाबद्ध रुपमा उनको चरित्रमा प्रहार हुन थालेपछि उनी पत्रकारसामु प्रस्तुत भएका हुन । कुरो एलईडी बल्ब खरिद प्रकरणको हो । एलइडी बल्भ खरिद गर्दा उनलाइ आर्थिक अनियमिताको आरोप लाग्यो । आफूले इमान्दार भएर काम गर्दा पनि शृखंलाबद्ध रुपमा अनावश्यक लाञ्छाना र चरित्र हत्याको प्रयासपछि कुलमान पनि मान्छे नै हुन, पत्रकारमाझ उनले आफनो वह रोक्न सकेनन ।
एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २ र ४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ घिसिङले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’
भारत सरकारसंग सहमति गरेर १३५ र १४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने उनले बताए ।
सरकार र प्राधिकरणको उज्यालो अभियानमा साथ दिन आग्रह गर्दै घिसिङले गलत तत्वको प्रभावमा आफू कहिल्यै नपर्ने र त्यस्तालाइ ठीक पार्न पनि सर्वसाधारणलाइ आग्रह गरे ।
कुलमानलाइ भीम मल्ल बनाउन खोजियो 
कुलमान रोएको सुनेपछि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य मणि थापाले कुलमानलाइ भीम मल्ल बनाउन खोजिएको प्रतिक्रिया दिएका छन । समाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले कुलमानलाइ भीम मल्ल बनाउने खतरा उत्पन्न भएको भन्दै चिन्ता प्रकट गरेका छन । उनको स्ट्याटसमा प्रतिक्रिया दिनेहरुले केही संचारमाध्यमले दलालहरुलाइ साथ दिएर कुलमानलाइ सिध्याउन खोजेको आरोप लगाएका छन भने केहीले कुलमानको साथमा सदैव नेपाली जनता रहेको भन्दै समर्थन गरेका छन । यस्तै, पत्रकार दिनेश लुँइटेल आफनो स्ट्याटसमा लेख्छन, ‘कुलमानले अनियमितता गरे भनेर कसैले समाचार लेख्छ भने त्यो समाचार लेख्नेले चाहिं भ्रष्टाचारीको पैसा खायो भनेर हिसाब खोेजे हुन्छ । ’
कुलमानलाइ यसअघि पनि पटक–पटक बदनाम गर्न नखोजिएको होइन । यतिसम्मकी राती बिजुलीका पोल ढालेर कुलमानले लोडसेडिङ हटाउन सकेन भनेर पनि प्रचार गरियो । तर, सत्य डग्दैन झुठो टिक्दैन भनेझैं निमेषभरमै ती षडयन्त्र छताछुल्ल भए । अहिले पनि जनतालाइ उज्यालो दिन, मुलुक समृद्धिका लागि घिसिङ इमान्दारिपूर्वक लागेको देखिन्छ । मान्छे हो कमजोरी अवश्य हुन्छन्, कुलमानका पनि होलान् तर जुन हिसाबले कुलमानमाथि हिलो छ्यापेर अनियमितताको रोपाईं गर्न चाहनेहरु छन, तीनलाई भने कुलमानको आँशुले अवश्य पोल्नेछ, पोल्नुपनि पर्छ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्