केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वी तराईमा हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २१, विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार तीन जिल्लामा पछिल्लो १५ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

 

लेटाङबाट साइकलमा आफ्नो घर बेलबारी नगरपालिका -१० भाउन्नतर्फ फर्किँदै गर्दा स्थानीय ५३ वर्षका कमल माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो ।

झापाको हल्दिबारी गाउँपालिका–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई ड्युटीमै रहेका बेला जंगली हात्तीले कुल्चिएर मार्‍यो ।

हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका– २ का रविन खड्काको मृत्यु भयो । राति वनबाट बस्ती प्रवेश गरेको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

मोरङको बेलबारी, भाउन्ने, मंगलबारे, कानेपोखरी जंगल आसपासको क्षेत्रमा हात्तीका बथान देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रदेश प्रहरी कार्यालयले बताए ।

हात्तीको आगमन बाक्लिएपछि बेलबारीको बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले घाँस दाउरा गर्नका लागि जंगल नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कात्तिक अन्तिम साता पूर्वी नाका बाहुनडागी हुँदै भारतबाट नेपाल छिरेका हात्ती पछिल्लो समय मोरङ र सुनसरीको वन क्षेत्रमा देखिएका छन् ।

 

प्रकाशित : 7 December, 2023

प्रतिक्रिया दिनुहोस्