कञ्चनपुर–१ मा बिना मगर भारी मतले विजयी

सहयात्रा टिभी

कञ्चनपुर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेद्वार रहेकी माओवादी केन्द्रकी नेत्तृ बिना मगर भारी मतअन्तरले विजयी भएकी छन् ।

उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजार २४८ मतअन्तरले पराजित गरेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्वाचित बिनाले ३८ हजार ४६७ र नेपाली कांग्रेसका उम्मेद्वार दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन् ।

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा ‘क’ मा नेकपा (एमाले) का अध्यक्ष तारा लामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा मगर कांग्रेसकी विष्टसँग पराजित भएकी थिइन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्