कञ्चनपुर– ३ मा डा भट्ट, प्रदेशसभा ‘क’ मा रावल र ‘ख’ मा सुनार विजयी

सहयात्रा टिभी

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका उम्मेद्वार डा. दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याएका छन् । यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका प्रकाश रावल १२ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरेका छन् ।

सोही निर्वाचन क्षेत्रको (ख) प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेद्वार मानबहादुर सुनारले १३ हजार ७ सय मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 12 December, 2017

प्रतिक्रिया दिनुहोस्