कानुन विपरीत पाइए एनसेल बिक्री अवैधानिक हुन सक्ने

काठमाडौं । पुस ५, नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको लिखित जवाफ पठाउँदै प्राधिकरणले कानुन र नियम विपरीत पाइए एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको हो ।
गत मंसिर १५ गते मलेसियाली कम्पनी आजियटाले एनसेलको ८० प्रतिशत सेयर रहेको संस्था रेनोल्ड होल्डिङ्स गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जानकारी गराएको थियो ।
सात वर्षअघि आजियटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनी एक खर्ब ४४ अर्ब रुपैयाँमा खरिद गरेको थियो र अहिले ६ अर्ब रुपैयाँमा बिक्री गरेपछि यसलाई शंकास्पद र अवास्तविक भन्दै प्रश्न उठेको छ ।
यो खरिद बिक्रीको छानबिन गर्न सरकारले सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति बनाएको छ । त्यस्तै शेयर खरिद बिक्रीका विषयमा संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिले चासो राखेका छन् ।