प्रधानमन्त्रीलाई कार्यकर्ताले चुनावमा गरेको वाचा पूरा गर्न ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौँ । पुस ११, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक सुलिकोट गाउँपालिका आइपुग्नुभएको छ ।

गोरखामा प्रधानमन्त्री समक्ष निर्वाचन क्षेत्रका कार्यकर्ताले चुनावमा गरेको वाचा पूरा गर्न ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पार्टीले सञ्चालन गरेको ३ महिने अभियान अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका-८ को पार्टी कमिटी बैठकमा सहभागी हुन आज बुधवार गोरखा आइपुग्नुभएको हो ।

वडा कमिटी बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले निर्वाचित भएको एक वर्ष भइसक्दा पनि चुनावका बेला गरेका वाचा पूरा नभएको गुनासो गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी बारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्र गर्न ढिलाइ भएको लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष विभिन्न अलमलका कारण आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले छिट्टै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

 

प्रकाशित : 27 December, 2023

प्रतिक्रिया दिनुहोस्