पूर्वराजा ज्ञानेन्द्रद्धारा कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

सहयात्रा टिभी

काठमाडौं । पुस १५, एक सातायता रुपन्देहीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार शनिबार कपिलवस्तुमा सम्मान लिन पुगेका छन् ।

कपिलवस्तुको चन्द्रौटामा ज्ञानेन्द्रसहित कोमल शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत गरिएको थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा पुगेका हुन्। त्यसक्रममा स्थानीयले उनीहरुको भव्य स्वागत गरेका हुन् ।

शाहले कपिलवस्तुको शिवराज नगरपालिकामा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ।

बटुकले स्वस्ती शान्ति पाठ गरेसँगै धार्मिक विधिपूर्वक सालिक अनावरण गरिएको थियो । नाती हृदयन्द्रसँगै यहाँ आएका उनले खरेन्द्रपुरमा रहेको वालहंस साङ्गवेद गुरुकुलमा पूजाआजा पनि गरेका थिए । गुरुकुलबाट हिँडेर सालिक अनावरणस्थलमा पुगेका थिए ।

शिवराज नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि भैरहवाबाट हुलाकी सडक हुँदै आएका उनको स्वागतका लागि बर्रोहिया, तौलिहवा, बहादुरगंज र चन्द्रौटामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सालिक अनावरणका लागि राखिएको कार्यक्रममा नगरपालिका प्रमुख अजय थापाले स्वागत गरेका थिए । उक्त सालिक शिवराज नगरपालिकाको २५ लाख लागतमा बनाइएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनका लागि यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्। उनले रुपन्देहीमा बसेर प्रदेशका विभिन्न जिल्लाका शक्तिपीठमा हिंडिरहेका छन् ।

 

 

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्