मतदाताको घर दैलोमा पुगेर समस्या सुन्दै बिना

सहयात्रा टिभी

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेद्वार बिना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गरेकी छन् ।

मतदाताको मतको कदर गर्दै उनले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गरेकी हुन् । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताइन् ।

उनले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताइन् । कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले पहिलो पटक दोब्बर बढी मतको अन्तरले जितेकी मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको बताइन् । उनले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिइन् । स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन माग गरिन् । मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्तृ मगरको भनाइ रहेको थियो ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्