केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

सहयात्रा टिभी

काठमाडौं । पुस १८, प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् ।

एक वर्षको अवधिमा यस वर्ष नौ हजार १६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुखले जानकारी दिए ।

मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।

 

प्रकाशित : 3 January, 2024

प्रतिक्रिया दिनुहोस्