चार दिनसम्म स्थिर रहेको सुनको भाउ आज घट्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस २३, सुनचाँदीको भाउ आज चार दिनपछि घटबढ भएको हो ।


गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।

आज सुनको तोलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ । यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 8 January, 2024

प्रतिक्रिया दिनुहोस्