केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलिउडमा यौनिक हिंसा नगर्न भारतीय मन्त्रीको दबाब

सहयात्रा टिभी

मुम्बई । भारतको महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिएकी छन् । मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिएकी हुन् ।

उनले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गरिन् । उनले सन् २०१३ को यौनिक हिंसासम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ वटा कम्पनीलाई पत्राचार गरिएको जानकारी दिइन् । मन्त्री गान्धीले सवै कर्मचारीहरूलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराएकी छन् ।

गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफूले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताएकी थिइन् । उनले ती निर्देशकको नाम भने गोप्य रारिन् । भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गरेकी थिइन् ।

उनले ट्वीटरमा लेखेकी थिइन्–‘यौनिक हिंसासम्वन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ ।’ मन्त्री गान्धीले पठाएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सवै संस्थामा गम्भीरतापुर्वक यसलाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्