‘पहिचानको आन्दोलनबाट नयाँ स्वरूप ग्रहण’

सहयात्रा टिभी

काठमाण्डौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि आफ्नो पार्टीमा चुनौती थपिएको र पहिचानको आन्दोलनले नयाँ स्वरूप ग्रहण गरेको बताएका छन् ।

पार्टीको काठमाण्डौं जिल्ला समितिको आयोजनामा आज पुष्पलाल पथमा भएको विस्तारित भेलामा उनले अब मधेसमा संविधान कार्यान्वयन तथा लिम्बूवान, थरुहट, नेवालगायत क्षेत्रमा पहिचानका पक्षमा संघर्ष र खसान क्षेत्रमा प्रचारात्मक आन्दोलनका रूपमा अगाडि बढ्ने बताए । उनले थपे–‘प्रदेश नं २ को पहिलो बैठकले त्यस प्रदेशको नाम ‘मधेश प्रदेश’ राख्नेछ र त्यसले पहिचान पक्षधरका लागि महत्वपूर्ण भूमिका खेल्ने छ ।

त्यहाँ हुने प्रत्येक कामले अरु प्रदेशलाई पनि पहिचान प्राप्तिको आन्दोलनमा लाग्न प्रेरित गर्नेछ ।’
पार्टीका जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा भएको उक्त भेलामा पार्टी केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका सहइञ्चार्ज लालबहादुर तामाङ काठमाण्डौं जिल्ला इञ्चार्ज रमेशचन्द्र प्रधानले फोरमले २ नं प्रदेश हाँक्ने बताए ।

प्रकाशित : 17 December, 2017

प्रतिक्रिया दिनुहोस्