केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रमिकहरूलाई अभिमुखीकरण तालिमको शुुल्क बढाउने निर्णय खारेज गर्न माग

सहयात्रा टिभी

काठमाडौं । माघ २९, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुुल्क बढाउने निर्णय खारेज गर्न माग गरेको छ।

बाध्यतावश वैदेशिक रोजगारीमा जाने नागरिकलाई सरकारले आर्थिक भार थोपर्ने र ठग, कमिसनखोरहरुलाई संरक्षण दिने गरेको जिफन्टको आरोप छ।

यस्तै, म्यानपावर कम्पनीहरूको माग बमोजिम श्रमिकविरुद्ध निर्णय गरिएमा ट्रेड युनियनहरू आन्दोलनमा उत्रिने भन्दै जिफन्टले कुनै पनि गलत निर्णय नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले ठूलो सङ्ख्यामा विप्रेषण भित्रिएको कुरामा गर्व गर्ने तर तिनै श्रमिकलाई थप आर्थिक भार थप्नेबाहेक सरकारले केही नगरेको आरोप लगाउनुुभयो । सरकारले केही दिनअघि मात्रै श्रमिकसँग लिने अभिमुखीकरण शुल्क चार गुणा बढाएको थियो।

 

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्