अन्ततः अघिल्लो दिनको तुलनामा नेप्से बढ्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन २३, अन्ततः अघिल्लो दिनको तुलनामा सेयर बजार नेप्से बढेको छ ।
सोमबार ११७ अंक बढेको बजार मंगलबार ७० अंक घटेको थियो । बुधबार ९.३३ अंक नेप्से बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २०१७ अंकमा कायम भएको छ । १७५ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ११ को स्थिर रह्यो । दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।