पानीकाे कारण नेपाल र हङकङबीचको खेल रोकियो

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्