उच्च रेकर्ड बनाएको सुनको मुल्य घट्यो
सहयात्रा टिभी
काठमाडौँ । चैत ४, उच्च रेकर्ड बनाएको सुनको मुल्य आइतबार घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख २५ हजार ४ सयमा रहेको सुन १ लाख २५ हजार रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५३० रुपैयाँ पुगेको छ ।
सुन