राष्ट्रपति पौडेल तनहुँ भिमाद जाँदै

सहयात्रा टिभी

काठमाडौं । चैत २३, राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद जाने भएका छन् ।

भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद जाने भएका हुन् ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद जाने छन् । बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए ।

राष्ट्रपति पौडेल यसअघि गत चैत १७ गते देवघाट गएका थिए ।

राष्ट्रपति पौडेल आउँदो वैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उदघाटनका लागि तनहुँ जाने कार्यक्रम तय भएको छ ।

प्रकाशित : 5 April, 2024

प्रतिक्रिया दिनुहोस्