सुनको भाउ तोलामा ६ सय रुपैयाँले बृद्धि
सहयात्रा टिभी
काठमाडौं । चैत २६, सुनको भाउ तोलामा ६ सय रुपैयाँले बृद्धि भइ आज सुनको भाउ तोलामा १ लाख ३६ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा यस दिन ६ सय रुपैयाँले भाउ बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्यसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन तोलामा १६७० रुपैयाँमा कारोबार भएको चाँदी आज १६८५ रुपैयाँ कायम भएको छ ।