उच्च रेकर्ड बनाएको सुनको मूल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । चैत २९, रेकर्ड बनाएको सुनको मुल्यमा गीरावट भएको छ । उच्च मूल्यबाट सुनको भाउ २ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको सुन बिहीबार २ सयले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विगत केही सातादेखि नै सुन बढ्दा उच्च दरमा बढ्ने तर घट्दा न्यून दरमा घट्ने गरेको छ । चैत ४ गते सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी भने स्थिर रहेको हो ।

 

 

 

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्