गोरखाको वीरेन्द्र तालमा खसेको हिमपहिरो र बाढीले पुल बगायो

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा ८हिमपहिरो खसेको छ ।

हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो ।

२०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ-साम्दो जोड्ने पुल बगेको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

गृह मन्त्रालयले भने वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जनाएको छ ।

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्