अवैध सुन र नगदसहित ७ जना पक्राउ
सहयात्रा टिभी
काठमाडौं । बैशाख १४, उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित कम्तिमा ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दिँएको छ । प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदैछ ।