दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिए
सहयात्रा टिभी
काठमाडौं । बैशाख १५, स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ ।
कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो ।
टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए । टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल सकिदा ८३ रन जोडेको छ ।
विश्वकपको तयारी अन्तर्गत कीर्तिपुरमा जारी पाँच दिवसीय टी–२० को दोस्रो खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका छन् ।