लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश नदिने
सहयात्रा टिभी
काठमाडौं । वैशाख १८, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ ।
सोमबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांशको प्रस्ताव नगरीकन २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारणसभाले पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष पनि सेयरधनीलाई लाभांश दिएको थिएन । दोस्रो बजारमा यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता १३१५ रुपैयाँ छ ।