अन्ततः सहरी विकास मन्त्री गिरी बर्खास्त, फुटको संघारमा राप्रपा

सहयात्रा टिभी

काठमाडौं । अन्तत सहरी विकास मन्त्री दिलनाथ गिरी बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्री गिरीलाई वर्खास्त गरेका हुन् । कामचलाउ सरकारको हैसियतमा रहेको वर्तमान सरकारका मन्त्री गिरीलाई उनकै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सिफारिसमा बर्खास्त भएको बुझिएको छ ।

मन्त्री गिरीले आफूखुसी सचिव परिवर्तन गर्न लागेको भन्दै राप्रपाले मन्त्री पदबाट फिर्ता बोलाएपछि प्रधानमन्त्रीले गिरीलाई हटाएका हुन् । गिरीलाई हटाइएसगै सहरी विकास मन्त्रालयको जिम्मा राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापालाई दिइएको छ । यो सगै राप्रपा फुटको संघारमा पुगेको छ ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्