आज शेयर बजारमा बृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ २८, शेयर बजारमा आज बृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ ।
आज ३ सय १४ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।