मंगलवार काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम
सहयात्रा टिभी
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबार यस वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलभ २ डिग्री सेल्सियसमा झरेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।
यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यसपछि बढ्दै गएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद पोख्रेलको भनाई छ ।
यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ । गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम मंगलबार माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै जोमसोममा पनि मंगलबारको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ ।