सहकारी संस्थाहरूलाई नियमन गर्न अधिकार सम्पन्न प्राधिकरण बनाइने

सहयात्रा टिभी

काठमाडौं । असार ६, देशभरका सहकारी संस्थाहरूलाई नियमन गर्न अधिकार सम्पन्न प्राधिकरण बनाइने भएको छ ।

 

सहकारी सिद्धान्तअनुसार सहकारी संस्थाहरू सञ्चालन नभएको भनेर प्रश्न उठिरहेका बेला सरकारले अधिकार सम्पन्न प्राधिकरण बनाएर नियमन गर्न लागेको हो ।

यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कानुनी र नीतिगत व्यवस्था गर्ने सहितको प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थ मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए । यो प्राधिकरणले सहकारी सिद्धान्तअनुसार सहकारी सञ्चालनका लागि आवश्यक वातावण बनाउने मन्त्री अधिकारीको विश्वास छ ।

बिहीबार प्रतिनिधि सभामा भूमि व्यवस्था मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री अधिकारीका अनुसार हाल तीन तहको सरकारअन्तर्गत सहकारीहरू छन् । १४५ वटा सहकारी मात्रै संघीय सरकार मातहत रहेको उनले जानकारी दिए । यी सबै संयन्त्र घटाउने र एकीकृत एउटा संस्था बनाउने गरी प्राधिकरण गठनको गृहकार्य भएको हो ।

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्