डा.केसी आमरण अनसन बस्दै
काठमाडौ । पुष २४–प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा.गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् ।
पराजुलीसहितको इजलासले डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगतै. केसीले अनसन सुरु गरेका हुन् । केसी ४ बजेबाट अनसन बस्नेछन् ।
त्यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ उनले भनेका छन्
पाँच बुँदे माग राख्दै अनसन थालेका डा.केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।
चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।