टेकु अस्पतालबाट उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ । साउन १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।
गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए ।
‘त्यहाँ आपूर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटियो । सबैले एउटै पानी सेवन गरिरहेका छन् ।
हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
काठमाडौ उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास नहुँदा पनि हैजा फैलिने गरेको छ ।
हैजाबाट बच्न विशेषगरी पिउने पानी तथा बजारमा राखिएका खानेकुरामा ध्यान पुर्याउनुपर्ने डा. को सुझाव छ । ‘ठाउँ–ठाँउमा हैजाका बिरामी देखिएको हुँदा धारा वा जारको पानी जुन भएपनि राम्ररी उमालेर पिउनुपर्छ । त्यसैगरी पटक–पटक हातखुट्टा पनि राम्ररी धुने गर्नपर्छ।