भारतीय पूर्वक्रिकेटर अंशुमान गायकवाडको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन १७, भारतीय पूर्वक्रिकेटर अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ब्लड क्यान्सरका कारण उनी लामो समयदेखि बिरामी थिए।अंशुमन भारतीय टोलीको मुख्य प्रशिक्षकसमेत भएका क्रिकेटर थिए।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अंशुमान गायकवाडको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आशुमन गायकवाडको निधनमा शोक व्यक्त गरेका छन्। यस्तै बीसीसीआई सचिव जय शाहले पनि गायकवाडको निधनमा दुःख प्रकट गरेका छन्।

प्रकाशित : 1 August, 2024

प्रतिक्रिया दिनुहोस्