भ्वाइस किड्सको उपाधि अनुया तामाङलाई
सहयात्रा टिभी
काठमाडौं । भदौ २, तेस्रो संस्करणको भ्वाइस किड्सको उपाधि अनुया तामाङले जितेकी छन् । शनिवार राति भएको ग्राण्ड फिनाले कार्यक्रममा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि हात पारेकी हुन् । विजेता तामाङले उपाधिसंगै नगद १० लाख रुपैयाँ प्राप्त गरिन् । उनलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
अनुया तामाङसहित लाक्पा शेर्पा, समीक्षा धिताल, रिञ्जिन डोल्मा लामा, द्वितिका प्रधान, छेसाङ तामाङ, सिमला धिताल र आयुष लामा अन्तिम प्रतिस्पर्धामा थिए । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता छनोट गरिएको हो ।