चिसोले जनजीवन प्रभावित: रौतहटमा चिसोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

सहयात्रा टिभी

रौतहट । पुस २७–अत्याधिक चिसोका कारण मूलुकभर जनजीवन कष्ठकर बनेको छ । मुख्यतय तराईको जिल्लाहरुमा केही सातदेखि बेढेको चिसो र शितलहरबाट जनजीवन झन कष्ठबर बनेको हो । मौसमविदहरुले अव चिसो नबढ्ने भनिएता पनि चिसो यथावतै छ । चिसोका कारण धेरैको ज्यान गएको छ । चिसोकै कारण रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ ।

भारतबाट बिहानै घर फर्किने क्रममा शीतलहरबाट प्रभावित भई कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति निधन भएको मृतकका आफन्त गणेश साह कलवारले बताए । चिकित्सकले गणेशलाई बताएअनुसार कलवारको अत्याधिक चिसोका कारण उच्च रकतचाप भई ब्रेन हेम्रेज भएकाले मृत्युु भएको हो ।

रौतहट निर्वाचन क्षेत्र ३ ‘ख’ का सांसद कुुन्दन कुुश्वाहाका अनुसार लगातारको शीतलहरले रौतहटमा कठयांग्रिएर ज्यान गुमाउनेको संख्या १३ पुुगेको छ । प्रहरीको तथ्यांकमा भने यो संख्या नरहेता पनि १३ जनाको मृत्यु भइसकेको स्थानीयले दावी गरेका छन् ।

अहिलेसम्म चिसोका कारण मृत्यु हुनेहरु
१.बैद्यनाथ साह, कटहरिया नगरपालिका ४ हर्षाहा
२.फुलकुमारी देवी, गुजरा नपा ७
३.अलख सिंह, राजदेवी नपा
४.चकली देवी, दुर्गा भगवती गापा ५
५.लालु राउत, गौर नपा २
६.रामपुकारी देवी, गौर नपा ४
७.बेचबहादुर राना,गौर नपा ५
८.बिद्या महतो, गौर नपा ५
९.अवधी राय, राजदेवी नपा ७
१०.।शेख समिम,परोहा–२
११.मरछिया देवी परोहा–९
१२. नेक महमद मियाँ, गढिमाई
१३.महर्जन ठाकुर, गढिमाई नपा ४

बर्षायामामा बाढी र हिउँदमा शीतलहर मधेसी जनताका लागि अभिसाप नै बन्ने गरेको छ । अहिले रौतहटको प्रमुख शहरहरुमा चहलपहल कम छन् । चिसोको कारण मानिसहरु बाहिर निस्कन सकेको छैन ।

प्रकाशित : 11 January, 2018

प्रतिक्रिया दिनुहोस्