एक्सद्धारा आफ्ना शेयरधनीहरूको नाम सार्वजनिक
काठमाडौं । भदौ ९, कम्पनीका पूर्वकर्मचारीहरुले अदालतमा मुद्दा हालेपछि सोसल मिडिया प्लेटफर्म एक्सद्धारा आफ्ना शेयरधनीहरूको नाम सार्वजनिक गर्न बाध्य भएको छ ।
साविकको ट्वीटर कम्पनी एलन मस्कले खरिद गरेसँगै कानुनी लडाइँमा गएका पूर्वकर्मचारीहरूले मध्यस्थता शुल्क भुक्तानीको माग गर्दै अदालतमा गएका थिए ।
यसयघि एक्स तथा यसका मुख्य मालिक एलन मस्कले कम्पनीका लगानीकर्ताहरुको नाम गोप्य राखेका थिए ।
नियमित प्रक्रिया र कम्पनीको नीत अनुसार लगानीकर्ताहरुको नाम गोप्य राखिएको जिकिर गर्दै आएकोमा क्यालिफोर्नियास्थित संघीय अदालतका न्यायाधीशको आदेशमा ती सबै शेयरधनीहरूको सूची सार्वजनिक गरिएको हो ।
जस अनुसार एक्स कम्पनीमा करिब १०० जना लगानीकर्ताहरू रहेका छन् । जसमध्ये ट्वीटर कम्पनीभित्रैका तथा लगानी जगतका परिचित नामहरू छन् ।
यसअिघ फिडेलिटी जस्ता हाइप्रोफाइल लगानीकर्ताहरू एक्ससँग जोडिंदै आएका थिए । पछिल्लो रिपोर्टले पनि एक्सको स्वामित्वमा विभिन्न लगानी दिग्गजहरुको संलग्नता रहेको देखाएको छ, जसमा फिडेलिटीसँग सम्बन्धित करिब ३० प्रतिशत छुट्टै संस्थाहरुको एक्समा हिस्सेदारी रहेको छ ।
यसै हप्ता सार्वजनिक कागजातले कम्पनीका केही नाम नसुनिएका लगानीकर्ताहरू पनि सार्वजनिक गरेको छ ।
फर्च्युन म्यागेजिनले सार्वजनिक गरेको उक्त सूचीले पेर्सिंग स्क्वाएर फाउन्डेसन कम्पनीले पनि एक्समा लगानी गरेको देखाएको छ ।
यो कम्पनी अर्बपति बिल एकम्यानले करिब २० वर्षअघि स्थापना गरेको एक होल्डिंग्स कम्पनी मातहत छ ।
एकम्यान सोसल मिडिया प्लाटफर्म एक्सका निकै ससक्त प्रयोगकर्ता हुन् । उनले अन्य हाइप्रोफाइल व्यक्ति तथा संस्थाहरूलाई सम्बोधन गर्नका लागि पनि एक्सकै प्रयोग गर्ने गरेका छन् ।