बैंकहरूमा सेयर खरिदका लागि माग बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ११, अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ ।

यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ ।

साउनमा वाणिज्य बैंकहरुबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । ‘पोहोरको साउनमा वाणिज्य बैंकहरुबाट जाने सेयर धितो कर्जा २० अर्ब घटेको थियो तर अहिले २ अर्ब प्लस छ, त्यसकारण यो कर्जामा केही सकारात्मक संकेत देखिएको छ’ उनले भने ।

यद्यपि एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन। तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ । जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताए ।

तर धेरैआवेदन प्रक्रियामै रहेको बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् ।

नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बजार बढ्दा सेयर कर्जा पनि बढेको बताउँछन् । बजार बढ्दा दुई कारणले सेयर धितो कर्जा बढ्ने गरेको ज्ञवाली बताउँछन् ।

 

प्रकाशित : 27 August, 2024

प्रतिक्रिया दिनुहोस्