सुनको मूल्यमा लगातार नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ ।

अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ ।

 

प्रकाशित : 16 September, 2024

प्रतिक्रिया दिनुहोस्