सिमोसको ‘अज्ञात’मा अनुबन्धित भइन् नीति शाह

सहयात्रा टिभी

काठमाडौं । असोज २, नायिका नीति शाह सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘अज्ञात’मा अनुबन्धित भएकी छन् ।

यद्यपि, उनीसँग अहिले मौखिक रुपमा सम्झौता मात्रै भएको निर्माण पक्षले जनाएको छ । अब चाडै लिखित सम्झौता गरिने छ ।

निर्माण पक्षले यसअघि यो फिल्मका लागि अभिनेताद्वय सौगात मल्ल र अनुप विक्रम शाहीलाई अनुबन्धित गरिसकेको छ ।

२०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेका यो फिल्म आगामी माघपछि फ्लोरमा जाने छ । एक्सन प्रधान निर्माण गरिने यो फिल्मलाई नेपाल र सिक्किममा छायांकन गरिने जनाइएको छ ।

फिल्मलाई कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन र हरि हुमागाइँको छायांकन रहनेछ ।

प्रकाशित : 18 September, 2024

प्रतिक्रिया दिनुहोस्