केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले त्रिविको जग्गा खोज्न बनेको आयोगको म्याद थप

सहयात्रा टिभी

काठमाडौं । असोज ४, सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिनका लागि बनेको आयोगको म्याद थपेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगको म्याद दुई महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साथै समितिको संयोजक महेन्द्रकुमार थापालाई तोकेको छ । समितिको संयोजक पूर्वसचिव सारदाप्रसाद त्रिताल थिए । तर उनी बिरामी भएकाले थापालाई नयाँ संयोजक तोकिएको मन्त्री गुरुङले जानकारी दिए ।

 

 

प्रकाशित : 20 September, 2024

प्रतिक्रिया दिनुहोस्